काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अध्यक्ष केपी शर्मा ओली समूह लागिपरेको जनाएका छन्।
नेता नेपालले पार्टीभित्र पहिलादेखि नै गुट चलाउँदै आएका ओलीले कुनै दिन कम्युनिस्ट आन्दोलन विघटन गर्न सक्ने बताए। उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीका हर्कतले यस्तै संकेत गरेको बताएको नागरिक दैनिकमा खवर छ ।

















