जनसेवा मावि महिलापुरुष खो खो प्रतियाेगितामा विजयी

263
facebook sharing button

काठमाडौं । प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगितामा महिला र पुरुष दुवै समूहमा जनसेवा माध्यामिक विद्यालय विजयी भएको छ ।

२०४६ सालका जनआन्दोलनमा कीर्तिपुरका चार सहिदको सम्झनामा दुईदिनसम्म चलेको प्रतियोगितामा जनसेवा माविले विजयी भएको नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिए ।

महिला समूहमा जनसेवा माविले (१२) र लेबोरेटरी माविलाई (६) का विरुद्ध ६ अंक अन्तरले पराजित गरेको थियो । त्यस्तै , पुरुष समूहमा जनसेवा माविले (२२) र मंगल माविलाई (१२) का विरुद्ध १० अंक अन्तरले पराजित गरेको थियो ।

साे प्रतियोगिता कीर्तिपुरस्थित नयाँ बजारको कभर्ड हलमा भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here