सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले सोमबार राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको वर्तमान सरकारमा एमालेकातर्फबाट तीन जना मन्त्रीहरू सहभागी छन्।
एमालेको चैत ४ गतेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो। उक्त निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ। ‘चैत ४ गते बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको थियो, उक्त निर्णय अनुसारनै अघि बढ्छौं,’ उनले भने, ‘सत्ता साझेदार दलका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्रीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।’


















