‘एनआईबिएल सहभागिता फण्ड’ लाभांश लगानीमा सहभागी हुन अनुराेध

66

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेका छन्।

चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिनसम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउन इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने एनआईबिएलले जनायाे ।

इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्क कट्टीपछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here