राप्रपालाई बलियो शक्ति बनाउन सके सूर्यबहादुर थापाप्रति सच्चा श्रद्धाञ्जलि

89

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको स्मृति दिवसको अवसरमा राप्रपा अध्यक्ष कमल थापाले राप्रपालाई बलियो शक्ति बनाउन सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने जनाएका छन्।

राप्रपा सूर्यबहादुर थापाको “लिगेसी” भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको विकल्पका रुपमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नु थापाको चाहना भएको समेत उनले जनाएका छन्।

‘राप्रपाका संस्थापक अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ बर्ष पूरा भयो। स्व.थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सादर श्रद्धाञ्जलि व्यक्त गर्दछु,’  थापाले भनेका छन्, ‘राप्रपा स्व. सूर्यबहादुर थापाको ‘लिगेसी’ हो। उहॅा काङ्ग्रेस र कम्युनिष्टको विकल्पमा एउटा बलियो शक्ति निर्माण गर्न चाहनु हुन्थ्यो  त्यसर्थ, आजको दिनमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पूरा गरौं, त्यही नै स्व.थापाप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here