बज्रवाराहीमाईको मूर्ति गोदावरी नगरपालिकामा प्रतिस्थापना

292
ललितपुर – राष्ट्रिय संग्रहालय छाउनीमा विगत ५२ वर्षदेखि रहेको बज्रवाराहीमाईको मूर्ति नेपाल सरकार पुरातत्व विभाग,गोदावरी नगरपालिका र बज्रबाराही ख: गुठीको संयुक्त पहलमा गोदावरी नगरपालिका वडा नम्बर ११ आगछेंमा प्रतिस्थापना गरिएको छ। पुरातत्व विभागबाट ल्याइएको उक्त मूर्तिको गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोबाट बाजागाजासहित आगंछेंमा ल्याइएको थियो।
२०२६ सालमा मन्दिरबाट हराएको उक्त मूर्ति त्रिभुवन विमानस्थलबाट बेवारिसे अवस्थामा फेला परेको थियो। तत्कालीन समयको सरकारले उक्त मूर्तिलाई राष्ट्रिय संग्रहालयमा संरक्षणका लागि पठाएको थियो। मूर्ति प्रतिस्थापना गर्न गोदावरी नगरपालिकाले विशेष पहल गरेको थियो।
गोदावरी नगरपालिकाको सम्पदा,कला-संस्कृति, पर्वहरुको संरक्षण गर्ने, जगेर्ना गर्ने नीति र लक्ष्यअनुसार बज्रबाराही माईको मूर्ति प्रतिस्थापना गर्ने कार्य भएको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले  जनाए ।
नेपाली कांग्रेस खेलकुद बिभाग सचिव एवं महासमिति सदस्य मीन कृष्ण महर्जनले गोदावरी नगर प्रमुखले नगरवासीको जनचाहना पुरा गरेर इतिहासमै नाम लेखाउने कार्य गरेको  जनाए । नेता महर्जनले भने- “सम्पदा संस्कृति जोगाउन नगरपालिकाले गरेको यो एक महत्वपूर्ण काम हो” नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडा अध्यक्ष मिलन सिल्वालका अनुसार निर्वाचनका समयमा नगरपालिकालाई धार्मिक पर्यटकीय एवं सम्पदा संरक्षणको हब बनाउने प्रतिवद्धता अनुसारको कार्य पुरा भएको बताए। उनका अनुसार निर्वाचनका समयमा गरिएको प्रतिवद्धता अहिले पुरा भएको हो उनले भने- “लेलेमा चोरी भएको सरस्वतीको मूर्ति पनि हाम्रै पहलमा प्रतिस्थापना गरिएको उनले जनाए ।”
मूर्ति प्रतिस्थापना कार्यक्रममा हजारौं संख्यामा नगरबासीको उपस्थित रहेको थियो। मूर्ति प्रतिस्थापनाको खुसियालीमा विभिन्न गुठीका गुठीयारहरुले बाजागाजासहित माइ बज्रबाराही की जय भन्दै जय जयकार गरि अबिर सिन्दुर जात्रा गरेर खुशी साटासाट गरेका छन्।
प्रत्येक वर्ष चैत्र पुर्णिमामा बज्रबाराही माईको पूजा आजा गरी मनाइने जात्रा यस वर्ष हर्ष उल्लासका साथ मनाइने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here