काेभिड १९ काे माहामारी राेक्न २ नं. प्रदेश सरकारले चाले यस्ताे कदम !

131

काठमाडाैं । प्रदेश न.२का सरकारले कोभिड १९ महामारी नियन्त्रणका लागि केन्द्रीय सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरेका छन।

प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले शनिबार बिहान आफ्नै निवासमा आयोजना गरेको सर्वदलीय बैठकमा सरकारले हालसम्म चालेका कदमबारे जानकारी दिदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेको बताएका छन् ।

सामाजिक विकासका मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित सो सर्वदलीय संयन्त्र नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन।

त्यसैगरी बैठकले २५ जना भन्दा बढी सहभागी हुने, सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिलाई स्थानीय प्रशासनको सहयोगमा कडाईका साथ रोक्ने प्रतिबद्धता जाहेर गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here