साेमबारदेखि उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

226

काठमाडौ । कोरोना संक्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्ताे  निर्णय बाध्य तुल्याएकाे गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको जनाउँदै आगामी दिनमा कोरोनाको संक्रमणको दर हेरेर निर्णय लिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जनाएका थिए ।

अत्यावश्यकमा शान्तिसुरक्षा लगायतका सेवा खुला हुने छन् भने राहदानी, पत्रपत्रिका दर्ता, संघ सस्था नवीकरणको सेवा भोली सोमबार देखि बन्द हुने उहाँले जानकारी  दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here