सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्याे

70

काठमाडौं । बुधबार सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । यस दिन छापावाला सुन तोलाको ९० हजार पाँच सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

वैशाख १० गते शुक्रबारदेखि ओरालो लागेको सुनको भाउ आइतबार र सोमबार स्थिर रहेपनि त्यसयता झिनो अंकले घटिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here