देशमा कोभिड–१९ अहिलेसम्मकै बढि निधन

83

काठमाडौं । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८।३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।

एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको समेत पाइएको छ । ‘कुनै ठाउँमा एक जना कोरोना पोजिटिभ हुँदा परिवारका सदस्य, भेटघाटमा परेका, कार्यालयमा काम गर्ने भए सहकर्मी सबैलाई संक्रमण देखिएको छ,’ सहप्रवक्ता डा। अधिकारीले भने, ‘हाल क्लस्टर (समूह) मा संक्रमण देखिएको छ । ठूलो समूह संक्रमित भेटिएका छन् ।’

मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एक–डेढ प्रतिशतले वृद्धि भइरहेको छ । मुलुकभरिमा ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित छन् जुन कुल संक्रमितको १०.७४ प्रतिशत हो । ‘दिनमा एक–डेढ प्रतिशतका दरले सक्रिय संक्रमितको वृद्धि संक्रमण विस्तारको एकदमै द्रुत गति हो,’ डा अधिकारीले भने, ‘यो खतरनाक अवस्था हो । सक्रिय संक्रमित वृद्धिदर भारतभन्दा नेपालमा तीव्र देखिएको छ ।’ संक्रमण तीव्र गतिले फैलिँदा काठमाडौं उपत्यकालगायतका ठाउँमा सघन उपचारका लागि आईसीयू र भेन्टिलेटर पाउन गाह्रो भएको छ । कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here