काठमाडौ / अमेरिकाको रक्षामन्त्रालयले अफगानिस्तानबाट सेना फिर्ता गर्ने घोषणा गरेसँगै त्यहाँको कर्पोरेट मिडियाले आतंकवादी गितिविधि बढ्ने त्रास फैलाउने काम गरिरहेकाछन् ।
सीएनएनसमेतका अमेरिकाका कर्पोरेट मिडियाले अल कायदाको मुखपत्रको रूपमा कार्यगरिहेको माध्यमको हवाला दिँदै अल कायदाको खतरा बढ्ने चेतावनी दिइरहेका छन् ।
गत शुक्रबार सीएनएनले एक एक्सक्लुसिभ इन्टरभ्यु सार्वजनिक गर्दै अफगानिस्तानबाट अमेरिका सेना फिर्ता घोषणा कार्यान्वयन गरेसँगै अल कायदाले आक्रमण बढाउने चेतावनी दिएको जनाएको छ ।
विश्वका बाँकी इश्लामिक देशहरुबाट अमेरिकाले आफ्नो उपस्थिति फिर्ता नगरेसम्म अमेरिका विरूद्ध हरेक मोर्चामा लड्ने चेतावनी अल कायदाका लडाकुले दिएको जनाईएको छ ।
अपगानिस्तानमा अमेरिकाले सेना पठाएर गरेको आक्रमणको दुई दशक पुग्न लागेको बेला सेप्टेम्बर एघारसम्म सेना फिर्ता गर्ने राष्ट्रपति जो बाइडनले घोषणा गरेका थिए ।
निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग शान्ति वार्ता गरी मे एकसम्ममा सेना फिर्ता गर्ने घोषणा गरेका थिए । तर बाइडन राष्ट्रपतिमा आएपछि सेना फिर्ता गर्ने समयसीमा सेप्टेम्बर एघारसम्म लगेका थिए ।
सीएनएन बाहेक न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट र लस एन्जेल्स टाइम्सलगायतका मिडिया प्रतिष्ठानहरूले अल कायदाको आक्रमण फर्किने बारे समाचार प्रकाशन गरिरहेका छन् ।
बाइडनका लागि विदेशी मामिलासम्बन्धी अमेरिकाको गुप्तचर संस्था सीआईएका प्रमुख विलियम बर्न्सले यो महिनाको सुरुमा अमेरिकी कांग्रेसलाई सेना फिर्ता एक गम्भीर चुनौती खडा हुनेछ भनेका थिए ।


















