Home कोरोना भाइरस भारतमा काेराेनाबाट तीन हजार चार सय जनाको ज्यान गयो

भारतमा काेराेनाबाट तीन हजार चार सय जनाको ज्यान गयो

73

हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ । यस्तै हिजो तीन हजार चार सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार सात सय नाघेको छ । यसैबीच भारतले कोरोना परीक्षणको संख्या तीव्र गतिमा बढाएको छ ।

गएको बिहीवार मात्रै १९ लाख २० हजार जनाको पीसीआर परीक्षण भएको खबरमा उल्लेख छ । यस्तै बुधवार साढे १७ लाखमा परीक्षण भएको थियो । भारतमा अहिलेसम्म २८ करोड ६४ लाख जनामा पीसीआर परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here