सरकारको लापर्वाहीका कारण ‘कोरोना हटस्पट नेपाल’ बन्ने खतरा देखिदैछ !

217

—राज्यलक्ष्मी शाक्य

भारतमा कोरोना संक्रमणको डरलाग्दो अवस्थाबारे सञ्चार माध्यमहरुमा जानकारी आइरहेका छन् । खुल्ला सीमानाका कारण भारतमा देखिने डरलाग्दो अवस्थाबाट नेपाल अछुतो रहने अवस्था छैन । सरकारले सुरक्षाका उपायहरु कुनै अवलम्बन गरिरहेको छैन ।  विगत केही सातादेखि नेपाल—भारत सीमानामा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिनु बढ्छै छ । तैपनि सरकार यस विषयमा मौन रहेको छ । हुनत कोरोना भाइरस आपैmमा खतरनाक रोग हो । यो रोगसित लड्नका लागि सचेत हुनु तथा सुरक्षित हुनु बाहेक अन्य केही उपाय देखिएको छैन । तसर्थ आम नागरिकहरु पनि कोरोना भाइरसबाट डराएर, लापर्वाही गरेर बस्नु भन्दा पनि समाजमा जनचेतना अभिवृद्धि गर्ने तथा शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा तन्दुरुस्त भई बाँच्नु नै यस रोगबाट बच्न सकिने उपाय प्रभाकारी हुन् भन्ने कुरा विभिन्न अध्ययन अनुसन्धानबाट निश्कर्ष आइसकेको छ । तर सरकारबाट गरिनुपर्ने सुरक्षाका उपायहरु कुनै पनि नहुँदा नेपाल सरकार बिनाको देश जस्तो भएको छ । यो अवस्थाले गर्दा कोरोना हट स्पटका रुपमा नेपाल विकसित नहोला भन्न सकिदैन ।

विदेश तथा स्वदेशमा रहेका नेपाली मात्र नभई विश्व मानव समुदायले सचेत तथा सतर्क रहनु नै  कोरोनाबाट बच्ने उपाय हो । अहिले फेरि सर्वधारणमा, सामुदायमा कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ । तर यस बिषयमा सरकार गम्भीर नहुनुले जनमानसमा संत्रास पैदा गराएको छ ।  स्कूलहरुमा बच्चाहरु संक्रमित हुने खतरातर्पm  सरकारको ध्यान पुगेको छैन । स्वाथ्य मन्त्रालयको चेतावनीपछि  निजी क्षेत्रका विद्यालयहरु बन्द  भइसकेको अवस्थामा पनि सामुदायिक विद्यालयहरु बन्द भएको पाइएन । स्थानीय निकाय मातहतमा भएकाले स्थानीय निकायको निर्देशन विना बन्द गर्न नसकिने जवाफ सामुदायिक विद्यालयका जिम्मेवार पदाधिकारीहरुले जवाफ दिने गरेका छन् । तथापि गत सोमबार सरकारले सहरीक्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको सुनिएको छ । ढिलै भए पनि यो निर्णयले विद्यार्थीहरुका अभिभावकहरुलाई केही राहत प्रदान गरेको छ ।

कोरोना भाइरस विशेषतः अहिले शैक्षिक क्षेत्र विद्यालय क्याम्पस, सार्वजनिक स्थलमा एक व्यक्तिबाट अर्को व्यक्ति संक्रमित भइरहेको अवस्थामा  छ । संक्रमणबाट बच्न र बचाउन सरकारले विशेष पहलकदमी लागू गर्नु आवश्यक छ ।  पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका समाचार आएका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि कर्णाली प्रदेश ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ । रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महामारी हो कि भन्ने स्थानीयवासीले शङ्का गर्न थालेका छन् । जुम्ला तातोपानी गाउँपालिका–८ टोप्ला गाउँका कालिका माविमा अध्ययनरत ४ सय ७२  जना विद्यार्थी मध्ये करिब ४० प्रतिशतमा एक हप्तादेखि रुघाखोकी र ज्वरोको अत्यधिक प्रभाव देखिएको छ । यो अवस्थाले विद्यालयका शिक्षकहरु समेत आतंकित बनेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विशेषज्ञ डा सन्दीप श्रेष्ठले प्रदूषणका कारण रुघाखोकी र ज्वरो बिरामी बढेको जनाएका छन् । संक्रमणको कारण के हो स्पष्ट हुन सकेको छैन ।

यसैबीच गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको थाहा भएको छ । यस्तो निर्णण पहिल्यै गरिनु पर्दथ्यो । स्वास्थ्य मन्त्रालयले चेतावनी दिनुपर्ने अवस्था सृजना हुनु नै सरकारको लापर्वाही हो ।  मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ ।  शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको भए पनि सामुदायिक विद्यालयहरु स्थानीय निकायको आदेश नभएको भन्दै निर्वाध सञ्चालनमा रहेका थिए ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थीहरु धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै विद्यालयहरु बन्द गरिनुपर्ने निर्णय सुनाउँदै विद्यार्थीहरुको स्वास्थ्य तलमाथि परेमा प्रिन्सिपलहरु जिम्मेवार हुने सम्मको चेतावनी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्नु पर्ने अवस्था आउनु नै लज्जाजनक स्थिति हो । ढिलै भए पनि  विद्यालयहरु बन्द गर्ने सरकारी निर्णय स्वागतयोग्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here