अस्पतालमा विवाहको कपडामा कोरोनाविरुद्धको खोप पुगेपछि

230

एजेन्सी । अमेरिकामा एक युवती विवाहको कपडा लगाएर कोरोना भाइरस विरुद्धको खोप लगाउन गएकी छन् । अमेरिकाकी बाल्टीमोरकी सारा स्टडली नामकी युवती विवाहको कपडामा नै कोरोनाविरुद्धको खोप लगाउन अस्पताल पुगेकी हुन् ।

उनले आफ्नो विवाहको रिसेप्सन पार्टीमा लगाउन कपडा तयार गरेकी थिइन् । रिसेप्सनको सम्पूर्ण तयारी पूरा भएको थियो । तर कोरोना भाइरस संक्रमणका कारण उनको रिसेप्सन पार्टी रोकियो । रिसेप्सन पार्टी रोकिएपछि सारा रिसेप्सनका लागि तयार गरेको कपडा (गाउन) लगाएरै कोरोना विरुद्धको खोप लगाउन गएकी हुन् ।

जे कामको लागि उनले कपडा तयार गरेकी थिइन् त्यो नभएपछि उनलाई कपडा आलमारीमा थन्काएर लगाउन मन लागेन । उनले कोरोना भाइरसका कारण रिसेप्सन रोकिएको र कपडा लगाउन नपाएपछि उनले कोरोनाविरुद्धको खोप लगाउन जाँदा उक्त कपडा लगाएको सामाजिक सञ्जालमा उल्लेख गरेको  छ ।  उनको तस्बिर र तारिफ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here