आज पनि सुनचाँदीको मूल्य बढ्याे

82

काठमाडौं  ।  सुनचाँदीको मूल्य मंगलबार पनि बढेेेेेेेको छ । बैशाख २१ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार पनि सुनको मूल्य बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको थियो ।
यस्तै यस दिन तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघले जनाए अनुसार चाँदी अघिल्लो दिन वृद्धि भई एक हजार ३०० रुपैयाँमा उक्लेको थियो ।

 

देशका अधिकांश स्थानमा यतिबेला काेराेना महामारीका कारण  निषेधाज्ञा जारी गरिएकाे छ । फलस्वरूप सुनचाँदी व्यवसाय निकै प्रभावित बनेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here