करणी गरेको आरोपमा एक पक्राउ

86

चितवन/बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन्। १२ वर्षीया बालिकालाई जबर्जस्ती  गरेको आरोपमा रुपन्देहीको रोहिणी–५ घर भई हाल राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यही वैशाख १६ गते छोरी नाता पर्ने बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित जाहेरी दिएकी थिइन्। जहेरीपछि पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।-RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here