कोभिड–१९ का कारण कुखुरापालन व्यवसाय निषेधाज्ञाले बढी प्रभावित

148

काठमाडौं । सरकारले हालै आत्मनिर्भर भएको घोषणा गरेको कुखुरापालन (पोल्ट्री) व्यवसाय कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । कोभिड–१९ को पहिलो लहरबाट प्रताडित पोल्ट्री क्षेत्र उठ्न नपाउँदै फेरि दोस्रो लहरको चपेटामा परेको छ ।

कुखुराको मासु र अण्डामा देशलाई आत्मनिर्भर बनाएको यस क्षेत्रमा झन्डै डेढ सय अर्ब लगानी छ । सरकारले जोगाउने उपाय नगरे आत्मनिर्भर रहन नसक्नेतर्फ उद्योगीहरूले सचेत गराएको जनाएका छन् ।

यस क्षेत्रमा गत वर्षको बन्दाबन्दीमा झन्डै ५० करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो । बन्द भएका कतिपय उद्योग अझै खुल्न सकेको छैनन् । अहिले फेरि बन्दाबन्दी सुरु हुनेबित्तिकै यो क्षेत्रका उद्योगी तथा किसानमा चिन्ता थपिएको छ । किसान तथा उद्योगी भन्छन्, “सरकारले ध्यान दिएन भने कारोबार बचाउन गाह्रो छ । ”

बन्दाबन्दी भएपछि अण्डा, चल्ला, कुखुरा उत्पादनदेखि बिक्री वितरणसम्म प्रभावित हुने गरेको छ । चल्ला तथा कुखुरा उत्पादन भए पनि बिक्री न्यून भएपछि त्यसलाई खाल्डोमा पुर्नुबाहेक अरू उपाय नहेको नेपाल ह्याचरी सङ्घका अध्यक्ष ऋषि पौडेलले बताउनुभयो । अहिले चल्ला बिक्री २५ प्रतिशतमा झरेको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here