काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) का सांसद लक्ष्मणलाल कर्णसहित चार सांसदलाई कोराना संक्रमण देखिएको छ।
आगामी २७ वैशाखमा बोलाइएको प्रतिनिधि सभा बैठकका लागि बुधबार सांसदहरुको स्वाब संकलन गरिएको थियो।
बिहीबार प्राप्त रिपोर्ट अनुसार कर्णसहित सांसदहरू नरमाया ढकाल, पार्वती डिसी चौधरी र रामबाबु कुमार यावलाई कोरोना संक्रमण देखिएको छ। साथै अन्य सांसदहरूको रिपोर्ट आउने क्रम बाँकी रहेकाे छ। अहिलेसम्म ११ जना सांसदलाई कोरोना संक्रमण देखिएको छ।