गणेश भगवान्को स्थानमा कलात्मक मुर्ति पुनस्थापना

596

काठमाडौं -काठमाडाैं  महानगरपालिका वडा नं २० मा रहेको चिकँमू टोल दबुमा १८ औं शताब्दी अर्थात ३०० बर्ष पुरानो रहेको धार्मिक, ऎतिहासिक तथा पुरातात्त्विक महत्त्व  कलात्मक श्री गणेश भगवान्को ढुंगााको मुर्ति  चिकँमू: टोल गणेश मुर्ति पुनःस्थापना समितिद्वारा पुनः स्थापना सम्पन्न भएकाे छ ।

गत मंसिर ३० गते मंगलबार  शुभ साईतका दिन   गणेश भगवानको खाली स्थानमा रहेको पादपिठ (आशन) मा  सोही रुपको  कलात्मक श्री गणेश भगवानको नयाँ मुर्ति बिधिपुर्वक प्राण प्रतिस्थापन गरि पुनःस्थापना कार्य गरिएकाे थियाे । करिब डेढ दशक पहिला असार, श्रावण महिनामा मुसलधारे पानी परेको बखत रातको दुई÷तीन बजेतिर उक्त कलात्मक गणेशको मुर्ति चोरी भएको थियो ।
सो बेला चिकँमू दबूका स्थानीय बासिन्दा बसन्त डंगोल, राम रन्जित र लक्ष्मण रन्जित मिलेर तत्काल मुसलधारे पानीको बेवास्ता गरी केही स्थानहरुमा खोज तलाश गर्दा पनि कही कतै उक्त मुर्ति फेला पर्न नसकेपछि सोही राती तीनै जना जनसेवा प्रहरीमा पुगेर चोरीको उजुरी दिन गएको भएता पनि रातको समय मौखिक जानकारी मात्र दिको भोलिपल्ट टोलबासीहरु मिलेर  जनसेवा प्रहरीमा मुर्ति चोरी भएको उजुरी दिएको चिकँमू टोल गणेश मुर्ति पुनःस्थापना समितिका सह-संयोजक राम रञ्जितले जनाए ।

 


उनले थप्दै भने, सो मुर्तिको फोटो कहिँ कतैबाट पनि उपलब्ध नभएपछि प्रहरीलाई निवेदन दिएर छाउनी संग्रहालय, पुरातत्त्व बिभाग र जनसेवा प्रहरीमा पटक —पटक पुगेर सम्बन्धित निकायमा सोधपुछ गर्दा नभेटाएपछि टोलको स्थानीय व्यक्ति मनि श्रेष्ठले उक्त फाेटाे राजेश मान्धर राम रञ्जितलाइ उपब्ध गराएकाे आधारमा गणेशको पुनः मन्दिर मुर्ति स्थापना गरिएकाे जनाए  ।

सो कार्यक्रममा बागमती प्रदेश सदस्य माननीय राजेश शाक्य, शार्दुल गुल्म या गुल्मपति मेजर बिकास शाक्य, हनुमानढोका दरवार हेरचाह अड्डा प्रमुख सन्दिप खनाललगायत पुरातत्त्व बिभागया पुरातत्त्व अधिकृत देबेन्द्र भट्टराई, कामनपा २३ वडा या अध्यक्ष श्री मचाराजा महर्जनलगायतका महानुभावहरुको अतिथिका रुपमा पाल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here