संसद विघटनसँगै बैशाख १५, २३ र २९ गते निर्वाचन सिफारिस

99

काठमाडौं – प्रधानमन्त्री ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा निघटन गरी आगामी २०७८ साल बैशाख १५, २३ र २९ गते तीन चरणमा मध्यावधि निर्वाचन गर्न सिफारिस गरेको थाहा भएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा आइतबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाखमा माध्यावधि निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकले संसद विघटन र मिति निर्धारण गरी मध्यावधि निर्वाचनका लागि गरेको सिफारिसको निर्णय प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाइर् शितल निवास पुगी बुझाएका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्न संवैधानिक र कानुनी प्रश्न उठिरहेका बेला ओलीले नयाँ जनादेशमा जाने गरी कदम चालेका छन् । संविधान अनुसार संसद विघटन र ६ महिनाभित्र निर्वाचन सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई  रहेको बुझिएको छ ।

आफू अनुकुल संवैधानिक निकायमा नियुक्तिको लागि सिफारिस गर्न परिषद् बैठक बोलाउँदा परिषद् सदस्यहरुले असहयोग गरेको भन्दै परिषद्को कार्यविधि परिवर्तन गर्न अध्यादेश ल्याएपछि ओलीबिरुद्ध पार्टी भित्र र वाहिर चर्को आलोचना हुँदै आएको छ ।

अध्यादेशको विषयमा छलफल गर्न भन्दै सत्तारुढ नेकपाका ८३ सांसदले हस्ताक्षर गरी विशेष अधिवेशनको आव्हान गरेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएको थिए । तर, उनले अध्यादेश फिर्ता नलिइ संसद नै विघटन गरेका हुन् ।

प्रधानमन्त्रीको यस्तो कदमको सबैजसो राजनीतिक दल र संघ संगठनले कडा आपत्ति प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here