अक्सिजन सिलिण्डर लुकाउनेलाई कडा कारवाही हुने

150

काठमाडौं । अक्सिजन सिलिण्डर आवस्यकता भन्दा बढी जथाभावि रुपमा लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरी कडा कारवाही गर्ने जनाएका छन् । बिहिबार विज्ञप्ती जारी गरी मन्त्रालयले कोभिड १९ संक्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिण्डरमा कालोबजारी भएको निष्कर्ष निकालेको हो ।

सरकारको निर्णय विपरीत अझै पनि अक्सिजन उद्योगधन्दामा प्रयोग गर्ने गरेको पाइएको मन्त्रालयको अनुगमनमा फेला परेको जनाएको छ । धेरै खालीसिलिण्डर र अक्सिजनसहितका सिलिण्डर भण्डारण गरी राखेको अवस्थामा पाएको भन्दै उद्योगव्यवसायी र सरोकारवालालाई तत्काल कोभिड अस्पताललाई उपलव्ध गराउन परिपत्र समेत गरेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाउनुभयो ।

सरकारको निर्णय उल्लंघन गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अन्र्तगत कडाकारवाही गर्ने समेत मन्त्रालयले जनाएको छ । यता कोभिड संक्रमित विरामीहरुले भने अक्सिजन खान नपाएर झन् समस्या खेप्न बाध्य भएका अधिकारीले जनाउनुभयो । सरकारले तत्काल विदेशी मुलुकबाट ५० हजार अक्सिजन सिलिण्डर ल्याउने निर्णय गरेको छ भने चीनबाट २० हजार सिलिण्डर ल्याउन प्रकृया अघि बढाइ सकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here