मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै

80

काठमाडौं । प्रधानमन्त्री केपी  ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । एक मन्त्रीले दिएको जानकारीअनुसार बैठक साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्नेछ । ‘प्रधानमन्त्रीज्यूले बैठक आह्वान गर्नुभएको छ,’ ती मन्त्रीले भने– ‘खबर आएको छ, एजेण्डाबारे भने जानकारी छैन ।’

ओलीले बिहीबार बिहान एमाले स्थायी कमिटी बैठक राखेका थिए । बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । एक स्थायी कमिटी सदस्यले बताएअनुसार शीतल निवासमा प्रधानमन्त्री–राष्ट्रपतिबीच २७ गतेको संसद् बैठकलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री ओली शीतल निवासबाट फर्किनेबित्तिकै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले आउँदो २७ गते सदनबाट विश्वासको मत लिँदैछन् । प्रतिनिधि सभामा अल्पमतमा रहेका ओलीले अहिल्यै विश्वासको मत लिने निर्णयलाई चासोको साथमा हेरिएको छ । यता विपक्षी दलहरुले भने ओलीलाई हटाउन लागिपरेका छन् भने सत्तापक्षीय एमालेले ओलीलाई नै बहुमत दिनेगरी विपक्षी दलहरुसँग पनि सम्वाद बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली यसअघि बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । जहाँ ओलीले आफूलाई विश्वासको मत दिन भनेको थिए भने सभापति देउवाले दिन नसक्ने जनाएका थिए । यसपछि झनै बढेको प्रधानमन्त्रीको धपेडी बढेको बढ्यै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here