काठमाडौं । कामीरिता शेर्पाले २५ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ ।
सोलुखुम्बुका शेर्पा २५ औं पटक सगरमाथाको शिखरमा पुग्नुभएको हो । यस वर्षको सिजनका लागि डोरी टाँग्ने टोलीका टोली नेता समेत रहेका कामीरिता सहित १२ जना शुक्रवार साँझ ६ बजे ८,८४८.८६ मिटर अग्लो सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् ।
यस सिजनको पहिलो सगरमाथा आरोही दलमा फुरुतेञ्जी शेर्पा, लाक्पानोर्बु शेर्पा, ङीमातासी शेर्पा, मिङमातेञ्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेञ्जिङ शेर्पा,छेतेनदोर्जी शेर्पा,तेञ्जिङग्याल्जेन शेर्पा,फुर्बा छोतार शेर्पा,मिङ्मादोर्जी शेर्पा र फुर्बाकुसा शेर्पा रहेका छन् ।
उनीहरु सबै सेभेन समीट ट्रेक्स प्रालिको आरोहण दलबाट सगरमाथा शिखरमा पुगेका हुन् ।


















