प्रयोग विहीन १ सय ५९ थान अक्सिजन सिलिण्डर संकलन

143

ललितपुर । कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको छ ।

संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल अति आवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज ईमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलकेललाई १५ थान अक्सिजन सिलिण्डर विरामीहरुको प्रयोजनका लागि बुझाइएको हो ।
साथै ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी उपरीक्षक प्रज्वल महर्जन, राष्ट्रिय अनुसन्धान बिभाग ललितपुरका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र घरेलु तथा साना उद्योग बिभागको समेतको टोलीले जिल्लामा रहेका अक्सिजन प्लान्टहरुको अनुगमन समेत गरेको छ ।

स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमनागरिकमा यस सम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उपलब्ध गराइदिनुहुन महानगरीय प्रहरी परिसर ललितपुरले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here