नवविवाहित जोडीलाई कोरोना

253

संखुवासभा/मादी नगरपालिका–३ का नवविवाहित जोडीलाई कोरोना संक्रमण भएको छ। २५ वर्षीय युवक र २० वर्षीया युवती संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए।

उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका हुन्। ज्वरो, रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। उनीहरु पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका थिए। उनीहरुको वैशाख २३ मा वैवाहिक कार्यक्रम थियो। विवाह भएको दुई दिनपछि संक्रमण देखिएको हो।

संक्रमित देखिएका युवा युवतीलाई चैनपुरमा रहेको आइसोलेसनमा पठाइएको नगर प्रमुख सुब्बाले जानकारी दिए। विवाह र पुराण एकै घरमा भएकाले वैवाहिक समारोहमा सहभागीलाई सचेत रहन सुब्बाले आग्रह गरेका छन्। लेले भन्ने गाउँ शिल गरेर बिहे र पुराणमा आउने सबैको पिसिआर परीक्षण गर्न टोली पठाइसकिएको छ। विवाह र पुरानमा ३०० भन्दा बढी सहभागी रहेको जनाइएको छ। सङ्खुवासभा अहिलेसम्म १०० भन्दा बढी कोरोना संक्रमति भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here