सुरक्षित तवरले रगत दिन नेपाल स्वयंसेवी रक्तदाता समाजको अग्रह

255

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोना भाइरस कोभिड १९ संक्रमणको विषम परिस्थितिमा रोगबाट बच्नको लागि सावधानी अपनाउँदै रक्तदान जस्तो पवित्र कार्यमा सावधानीका साथ निरन्तरता कायम गर्न सबैमा अपिल गरेको छ ।

 एक विज्ञाप्ति जारी गर्दै कोरोना कहरको यो जटिल अवस्थामा बिरामीको लागि रगत अभाव हुन नदिन तथा कोरोना बाट सतर्क रहि रक्तदान जस्तो पुनीत कार्यमा निरन्तर लाग्न समाजले आग्रह गरेको हो । समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यको हस्ताक्षर रहेको विज्ञाप्तिमा रक्तदान र कोरोना संक्रमणको जटिल अवस्थामा विभिन्न आवास्यक सावधानीहरुको बारेमा समेत सजग रहन आग्रह गरिएको छ । यस्तो छ विज्ञाप्ति विज्ञप्ति ! नेपाल स्वयंसेवी रक्तदाता समाज स्थापनाकालदेखि स्वयंसेवी रक्तदाता,रक्तदान कार्यक्रम आयाेजक संघ/संस्था,रक्तदानप्रति सहयोग,सद्भाव राख्नेहरूकाे हकहित र पीडित पक्षलाई आवश्यकतानुसार रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे आपूर्तिमा सम्बन्धित निकाय र पीडित पक्षलाई साथ/सहयाेग दिंदै सेवा पुर्याउँदै आईरहेकाे सत्यतथ्य सर्वसाधारणमा सर्वबिधितै छ ।

यिनै रगत र रक्त-तत्वहरूकाे मूलस्राेत स्वयंसेवी रक्तदाताहरूकाे स्वास्थ्यकाे समय सापेक्ष ख्याल राख्नु र सतर्कताकाे लागि भूमिका निर्वाह गर्नु नेपाल स्वयंसेवी रक्तदाता समाजकाे अहम् दायित्व समेत रहेकाे बाेध हामीलाई छ ।

समयसमयमा नेपाल स्वयंसेवी रक्तदाता समाजले समाजमा खेल्दै आएको आवश्यकतानुसारकाे कदमले सकारात्मक परिणामहरू दिंदै आईरहेकाे पनि छ । आज यिनै स्वयंसेवी रक्तदाता,रक्तदान कार्यक्रम आयाेजक संघ/संस्था,रक्तदानप्रति सहयोग,सद्भाव राख्ने महानुभाव र पीडित पक्ष लगायत सम्पूर्ण मानव जगतमा,हाल दाेश्राे चरणकाे काेराेना भाईरस, काेभिड – १९ नयाँ भिरियन्ट प्रजाती नामक सरूवा राेगकाे भाईरसद्वारा सृजना हुन पुगेकाे महामारीबाट बच्न र बचाउन नेपाल सरकार तथा मातहतका सम्बन्धित निकायहरूद्वारा जारी गरिएकाे सार्वजनिक हितका उपायहरू अवलम्बन गर्न/गराउन सबैमा यस नेपाल स्वयंसेवी रक्तदाता समाज बिशेष आाह्वानका साथ अनुराेध गर्दछ । बिशेषत: स्वयंसेवी रक्तदाताहरूमा

१. स्वस्थ्य र सुरक्षीत रहि रक्तदान कार्यलाई नियमित  र निरन्तरता दिने । २. रक्तदान गर्न जाँदा भिडभाडबाट टाढा रहने र   भाैतिक दूरीलाई आत्मसात् गर्ने ।

३. सकेसम्म रक्तसञ्चार केन्द्रमै वा सुरक्षीत रक्तदान  शिबिमा गई रक्तदान गर्ने ।

४. रक्तदान कार्यक्रम आयाेजकले रक्तदाताहरूलाई  र कार्यक्रममा सहभागीहरू बीच रक्त संकलन  शिबिरमा भिड हुनबाट जाेगाउने ।

५. रक्त परिचारिकाहरूले एक स्वयंसेवी रक्तदातासंग प्रयोग गरिएकाे डिष्पाेजिवल ग्लाेब्स् लाई अर्को   स्वयंसेवी रक्तदाताहरूसंग पुन: प्रयोगमा नल्याउने ।

६. रक्त संकलन शिबिरमा प्रचूर मात्रामा साबुन पानी वास्यानिटाईजरकाे प्रयोग गर्न दिने ।

७. रूघाखाेकी ज्वराेकाे शंका लागेका ब्यक्तिहरूलाई   रक्त संकलन शिबिरमा सहभागी हुनबाट जाेगाई आवश्यक उपचारकाे लागि सल्लाह दिने ।

८. रक्त संकलन शिबिरलाई स्वच्छ र सफा राख्न कुनै  किसिमको कसर बाँकी नराख्ने र

९. हाल काेराेना भाईरस,काेभिड-१९ काे उपचारकाे निमित्त खाेपकाे अाविष्कार भइसकेकाे हुनाले बिश्व स्वास्थ्य संगठन(WHO)काे निर्देशनमा नेपाल सरकारद्वारा तय गरिएकाे स्थानमा गई खाेप लगाउनु हुन समेत अनुराेध गर्दै काेराेना भाईरस,काेभिड-१९ बाट संक्रमित हुनबाट जाेगिनु हुन पनि अनुराेध गर्दछ ।

साथै काेराेना भाईरस,काेभिड – १९ बाट प्रभावित भई उपचार पश्चात् स्वास्थ्य लाभ गर्नुहुनेहरूले “प्लाज्मादान” वा रक्तदान मार्फत “प्लाज्मादान” गरि अहिले भईरहेकाे    “प्लाजामा थेरापी” बिधिबाट काेराेना भाईरस,काेभिड – १९ द्वारा संक्रमितहरूकाे उपचारार्थ “प्लाज्मादान” गरि  जीवन रक्षार्थ सेवा पुय्राउनु हुन समेत अनुराेध गर्दछाैं ।

साथै यि र यस्ता जाेखिमबाट बच्न र बचाउन आवश्यक कदम चालि समस्त स्वास्थ्य क्षेत्रलाई स्वस्थ र स्वच्छ राख्न सम्पूर्ण जनमानसमा हार्दिक अपिल समेत गर्दर्छाैं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here