सीसीएमसीले अक्सिजनको वितरण गर्ने निर्णय

151

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बडेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वितरण गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितरण गर्दै आएको अक्सिजन काठमाडौं उपत्यकाका लागि सिसिएमसीले वितरण गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गोरखापत्रलाई जानकारी दिनुभयो । उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले सिसिएमसीले अक्सिजन वितरण गर्ने निर्णय गरेपछि मन्त्रालयले यसको व्यवस्थापनको काम स्थगित गरेको उहाँले बताउनुभयो ।

अक्सिजन अभावपछि विदेशी मुलुकबाट ५० हजार खाली सिलिण्डर ल्याउने काम मन्त्रालयले गर्दे आएको छ । नेपाल प्रहरीको सहयोगमा खाली सिलिण्डर खोजी तथा बजार अनुगमन गरी सिलिण्डरको थप व्यवस्थापन समेत गरी विरामीका लागि अक्सिजन पर्याप्त बनाउन सिसिएमसीले काम गर्दे आएको जनाएको छ ।
सोमबार खाली अक्सिजन सिलिण्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बढी जहाज वेइजिङ उड्ने तयारी थालेको मन्त्रालयले जनाएको छ । अस्पतालहरुमा अक्सिजनको थप व्यवस्थापन र अक्सिजन जरुरी पर्ने सबै विरामीलाई अक्सिजन पु¥याउन सिसिएमसीले व्यवस्थापनको काम शुरु गरेको संयोजक खगराज बरालले बताउनुभयो ।  गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here