काबुलकाे एक स्कुलकाे विस्फोटमा ३० जनाको मृत्यु

102

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको एक स्कूलको बाहिर भएको विस्फोटमा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ। विस्फोटमा परि ज्यान गुमाउनेमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी धेरै छन्। विस्फोटमा परि कम्तिमा ५२ जना घाइते भएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता परिक अरियाननले भने,‘दुःखको कुरा हो कि ३० जनाको मृत्यु भएको छ र ५२ जनालाई अस्पतालमा भर्ना गरिएको छ।’

विस्फोटमा परि मर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। रोयटर्सका अनुसार विस्फोटमा घाइते धेरैजसो छात्रा रहेका छन्। विस्फोटको कारण खुल्न सकेको छैन।

विस्फोट काबुलको पश्चिम दश्त ए बार्चीको एक स्कूलको बाहिर भएको थियो। विस्फोटको समयमा सर्वसाधारण पनि नजिकको बजारमा इलफित्रका लागि सामान किन्न निस्किएका थिए।

सो क्षेत्रमा शिया हजरा समुदायको बाक्लो उपस्थिति छ र हालैको वर्षमा यो समुदाय इस्लामिक चरपन्थी समूह इस्लामिक स्टेटको निशानामा थिए। विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here