राष्ट्रपतिद्वारा ३ सय ४५ जना मानपदवीबाट विभुषित गरिँदै

136

काठमाडौं/ राष्ट्रपतिद्वारा घोषणा गरिएका विभिन्न १० विभुषणमध्येको मानपदवीबाट आज ३ सय ४५ जना विभुषित हुने भएका छन् ।

मंगलबार राष्ट्रपति निवास शितलनिवासमा ११ औं गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि उक्त पदवीबाट विभुषित गर्न लागिएको हो ।

विभुषित हुनेहरुमा नेपाल रत्नबाट एक जना, राष्ट्रगौरवबाट एक जना, महाउज्ज्वल राष्ट्रदीपबाट पाँच जना, उज्जवल किर्तिमय राष्ट्रदीपबाट एक जना, प्रसिद्ध प्रबल जनसेवा श्रीबाट सात जना, सुकिर्तिमय राष्ट्रदीपबाट २१ जना, सुप्रबल जनसेवा श्रीबाट १ सय १९ जना, कीर्तिमय राष्ट्रदीपबाट ५ जना, प्रवल जनसेवा श्रीबाट १ सय ४० जना र जनसेवा श्रीबाट ४५ जना गरी जम्मा ३ सय ४५ जना विभुषित हुँदैछन्।

राष्ट्रपति कार्यालयले विभुषित हुने व्यक्तिहरुले परिचय पत्र र ३ नम्बर पोशाक सहित उपस्थितीको लागि आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here