सरकारको ध्यान कोरोना नियन्त्रणमा नभइ अयोध्यापुरीमा

70

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारको ध्यान कोरोना नियन्त्रणमा नभइ अयोध्यापुरीमा रहेको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठका बोल्दै उनले प्रश्न गरे- अयोध्याले कोरोना निको हुन्छ? उनले आफैंले विघटन गरेको र जतिसक्यो चाँडो विघटन गर्नुपर्छ भन्ने प्रधानमन्त्रीले विश्वासको मत माग्ने अधिकारी नभएको जनाए।

‘आज प्रधानमन्त्रीले यो सदनसमक्ष विश्वासको मत माग्नुभएको छ। जुन सदनलई असंवैधानिक ढंगले विघटन गर्नुभयो। त्यसका विरुद्ध जनताहरू सडकमा आए’, यादवले भने, ‘सर्वोच्चले पुनःस्थापना गर्‍यो। त्यसपछि पनि एउटा बैठकमा उहाँले यो सदनको काम छैन जतिसक्दो चाँडो विघटन गर्नुपर्छ भन्नुभएको छ। त्यही सदनमा विश्वासको मत माग्नुभएको छ। कसरी विश्वासको  मत दिने?’ प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि छलफल चलिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here