चीनले सगरमाथा आरोहण खुला

55

बेइजिङ । चीनले आफ्नो भूमिबाट सगरमाथा आरोहण खुला गरेको छ। कोरोना महामारीको कारण गतवर्ष बन्द गरिएको आरोहण आइतबारदेखि पुनः खुला गरिएको हाे।

चिनियाँ सरकारी संचारमाध्यम सिन्ह्वाका अनुसार आरोहण खुला गरेलगत्तै २१ जना चिनियाँ आरोही त्यसतर्फ प्रस्थान गरेका छन्। उनीहरु तिब्बती पर्वतारोहण गाईडसँग सगरमाथातर्फ प्रस्थान गरेका हुन्।

दुबै देशहरूले काेराेना महामारीको कारणले गत वर्ष सगरमाथा आरोहणको लागि अनुमति दिएकाे थियाे। यस वर्ष नेपालले ४०८ विदेशीलाई पर्वतारोहण गर्न अनुमति दिसकेकाे छ।

सोमबारसम्म ३८ जनाले चिनियाँ मोहडाबाट चोमोलोङ्मा (सगरमाथा) आरोहणको अनुमति लिएका छन्। सिन्ह्वाका अनुसार २१ चिनियाँ आरोहीहरु उत्तरी क्षेत्रबाट सगरमाथा चढ्ने छन्। १७ आरोहीलाई पनि उत्तरी क्षेत्रबाट सगरमाथा चढ्न अनुमति दिइएकाे छ।

सगरमाथाको बनोट सालाखाला त्रिकोण पिरामिड भएकोले यसका तीन वटा मोहडा छन्। दक्षिण मोहडा नेपालको हो र त्यहाँ चढ्न अरु मोहडाभन्दा सजिलो मानिन्छ– बेसक्याम्प र खुम्बु आइसफलदेखि वेस्टर्न कुम हुँदै साउथ समिट अनि चुचुरोसम्म।

बाँकी दुई मोहडा भने तिब्बत/चीनपट्टि पर्दछन्। पूर्वी मोहडाको नाम हो काङ्गशुङ फेस, जो काङ्गशुङ हिमनदीहुँदै खार्ता उपत्यका झर्दछ । यो मोहडाबाट सगरमाथा चढ्न सबभन्दा खतरनाक मानिन्छ। उत्तरी मोहडालाई नर्थ फेस भनिन्छ।

यद्यपि काेराेना महामारीका कारण चीनले सगरमाथामा पुग्नुभन्दा पहिले छुट्टिने लाइन बनाएकाे छ। उनीहरुले नेपालतर्फबाट चढ्ने आराेहीलाई भेट्न पाउने छैनन्।

नेपालमा काेराेनाकाे दाेस्राे लहर सुरु भएकाे छ। त्यसैले ६३ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएकाे छ भने राष्ट्रिय अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाे छ। भाइरस संक्रमणबाट जोगिनको लागि सामाजिक दूरी लगायतका नियम लागु गर्ने निर्णय गर्दै चीनले आरोहण खुला गरेको हो।

चिनियाँ मोहडाबाट चढ्ने अनुमति लिन पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बुझाउनुपर्ने नियम छ। चीनबाट जाने आरोहीलाई सरकारले तापक्रम मापन गर्ने, अक्सिजन, मास्कर उपलब्ध गराउने र निसंक्रमित तुल्याउने निर्णय पनि गरेको छ।

‘कोरोना संक्रमण भएकाहरु कोही पनि सगरमाथा पुग्न सक्छ भन्ने धारणा असम्भव छ कुनै श्वासप्रश्वासको समस्या हुने पर्वतारोही उचाईमा पुग्न सक्षम हुँदैनन्,’ समाचारमा भनिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here