पत्रकार महासंघ गुल्मी शाखाले अक्सिनसहितको पाँच शय्याको  आइसोलेसन निर्माण

172

गुल्मी/नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो भवनमा अक्सिनसहितको पाँच शय्याको  आइसोलेसन निर्माण गरेको छ। कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमित पत्रकारलाई मध्यनगर गर्दै अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए। आइसोलेसन शुभलक्ष्मी फर्माका सञ्चालक होम पल्लीले निर्माण गरिदिएक हुन्।

महासंघको आइसोलेसनमा पत्रकारहरुलाई पहिलो प्राथमिकता दिइने शाखाले जनाएको छ। माहासंघले जिल्लामा अक्सिजन अभाव हुन नदिन सहयोग अभियान पनि सञ्चालन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here