काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले एक वर्षभित्र निर्वाचन गर्नेगरी राष्ट्रिय सरकार गठन गर्न प्रस्ताव गर्नुभएकाे छ ।
सामाजिक सञ्जाल ट्वीटरमा बुधवार बिहान ट्वीट गर्दै भट्टराईले संबिधानको धारा ७६ को उपधारा २ अनुसार सबै दलको सहभागितामा वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएकाे हाे ।


















