कर्णाली प्रदेशमा तीन जना मन्त्री थपिए

85

सुर्खेत/कर्णाली प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । नवनियुक्त मन्त्रीहरूमा आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री विन्दमान बिष्ट, आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र उर्जा तथा जलस्रोत मन्त्रीमा सीता नेपाली रहेका छन्।

दुई मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नै पार्टी माओवादी केन्द्रबाट तीन मन्त्री थपेका हुन्। बुधबारै विहान आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका थिए ।

मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरेको केही समयमै तीनजना नयाँ मन्त्री नियुक्त गरेका हुन् । शाहीले यसअघिको भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय गठन गरेका छन् । सो मन्त्रालय फुटाएर भौतिक पुर्वाधार र उर्जा तथा जलश्रोत मन्त्रालय बनाएका हुन्।

यसैगरी सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुदलाई आन्तरिक मामिला मन्त्रालयमा गाभेका छन् । नेपाली काँग्रेसको भागमा परेको सामजिक विकास मन्त्रालय भने मुख्यमन्त्री शाहीले आफैंले राखेका छन्।  नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै हुने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here