मकवानपुरमा लोडर पल्टिँदा चालकको मृत्यु

102

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिकामा बाटो सम्याउने क्रममा लोडर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। हेटौंडा सिमेन्टको खानीबाट राजमार्गतर्फ जाने बाटो सम्याउँदै गरेको लोडर भीमफेदी गाउँपालिका-३, कैलाशडाँडा ऐनाभिरमा गएराति पल्टिएको हो। लोडरका चालक २५ वर्षीय राजेन्द्र घलानको मृत्यु भएको हो।

अनटेस्ट लोडर पल्टिएर चालकको मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन्‌। बाटो सम्याउँदै गरेको लोडर अनियन्त्रित भई करिब सय मिटर तल खसेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here