काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलका नेतामा राजेन्द्र महतो चयन हुनुभएको छ ।
बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए। ‘ २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं,’ उन्ले भने, पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’
महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको जनाइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।
जसपामा लामो समयदेखि संसदीय दलको नेता चयन गर्ने विषयमा किचलो हुँदै आएको कारण नेता चयन हुन सकेको थिएन । सरकारमा सहभागि हुने नहुने विषयमा पनि जसपा विवाद देखिएको छ ।


















