यो हो दुनियाकै ठूलो कार, गिनिज बुकमा दर्ज हुने तयारीमा

235

यसअघि सबैभन्दा अग्लो तीनपांग्रे साइकल बनाएर विश्वरेकर्ड कायम गरिसकेका एक भारतीय अटो डिजाइनरले विश्वकै सबैभन्दा अग्लो तथा लामो कार निर्माण गरेका छन् । हैदरावादका सुधाकर यादवले दुनियााकै लामो तथा ठूलो कार बनाएर दोस्रोपटक गिनिज बुकमा नाम लेखाउने प्रयास गरेका हुन् । चलाउन भने नसकिने यो कार २६ फिट अग्लो र ५० फिट लामो छ । लण्डनको डबल डेकर बसभन्दा झण्डै दुई गुणा ठूलो यो कार सन् १९२२ को फोर्ड टुअर कारको मोडलमा डिजाइन गरिएको छ ।

सुधाकरको हैदरावादमा एक कार संग्रहालय पनि छ, जहाा उनले बनाएका कारका विभिन्न नमूनाहरू राखिएका छन् ।

त्यहाा रहेका कतिपय कारका मोडलहरू निकै हास्यास्पद पनि छन्, जस्तै ट्वाइलेट कमोट, ब्यागन, बिलियार्ड टेबल तथा लिपिस्टिक आदि मोडलका ।

सुधाकरले भनेका छन्, ‘मैले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्जा गराउनका लागि दुनियााको सबैभन्दा ठूलो कार बनाइरहेको छु । यो एक नयाा रेकर्ड हुनेछ । मलाई आशा छ कि मैले यो सफलता हासिल गर्नेछु ।’

आफ्नो त्यो कीर्तिमानी कारले फर्मुला वान कारको जस्तै आवाज निकाल्न सक्ने दाबी उनको छ । यो कार पनि उनले संग्रहालयमा रहेका अन्य कारहरूसागै कवाडी सामानबाट बनाएका हुन् ।

स्मरण रहोस् उनले बनाएको दुनियााकै अग्लो तीनपांग्रे साइकल यो कारभन्दा पनि अग्लो अर्थात् ४१ दशमलव ५ फिट अग्लो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here