ओलीलाई खतराको घन्टी बज्यो !

157

राजदूत सिफारिसमा आपत्ति जनाउदै जसपाका महन्थ-उपेन्द्रको चेतावनी 

काठमाडौँ / केपी ओलीको पद फेरि धरापमा पर्ने संकेत देखिएको छ । जसपाको बैशाखी ओलीलाई काम नलाग्ने सम्भावना बढेको छ । मन्त्रिपरिषद्ले गरेको राजदूत नियुक्तिको सिफारिसमा सत्ता साझेदार झैँ बनेको जनता समाजवादी पार्टी (जसपा) ले बिरोध जनाएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि यस्को विरोध गरेको छ । ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ११ राजदूत सिफारिसबारे कुरा उठाउँदै यसबारेमा गम्भीर ध्‍यानाकर्षण भएको चेतावनी दिएका छन् ।

ओलीको रक्षाकवच बनेर वैकल्पिक सरकार गठनमा समेत बाधक बनेका ठाकुरले ओलीको निर्णयमा चासो राख्दै असन्तुष्टि व्यक्त गरेपछि ओलीलाई खतराको घण्टी महशुस गरिएको छ । राजदूत सिफारिस गर्दा ठाकुरले जसपाको भागसमेत खोजेका छन् ।उनले कम्तीमा तीन मुलुकमा आफ्नो पार्टीले सिफारिस गरेको व्यक्ति राजदूत  हुनुपर्ने भन्दै निर्णय पुनः विचार गर्न ओलीलाई समय दिएको जसपाका एक नेताले खुलाशा गरेका छन् ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले पनि छुट्टै बक्तव्य  निकालेर राजदूत सिफारिश हास्यापद र पद बाँड्ने शैली भएको टिप्पणी गरेका छन्। संविधान र निर्देशिकालाई कुल्चेर यस्तो निर्णय ओलीबाट आउनु अस्वाभाविक नभएको  भन्दै यादवले प्रधानमन्त्रीले मुलुकको इज्जत र प्रतिष्ठाको ख्याल  नगरेको आरोप लगाएका छन् ।

राजदूत जस्तो महत्वपूर्ण र गम्भीर पदमा सडकमा बच्चालाई मिठाइ वितरण गरेको शैलीले राष्ट्र हित नगर्ने यादवको भनाइ छ । ठाकुर पक्षले भने राजदूतमा सत्तारुढ एमालेका कार्यकर्ता मात्रै सिफारिश गरेपछि आपत्ति जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here