काठमाडौं । बारामा एकै परिवारका दुई दाजुभाइ बालकको शव भेटिएको छ। कलैया उपमहानगरपालिका ७ का अब्दुल रसार अन्सारीका दुई छोरा ९ वर्षीय उशमान र ७ वर्षीय अमिनको शव मंगलबार बिहान भेटिएको हो।
उनीहरुको शव कलैया उपमहानगरपालिका ११ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा भेटिएको बाराका प्रहरी प्रमुख एसपी दीपेन्द्र शाहीले जानकारी दिए।
उनीहरु सोमबारदेखि वेपत्ता भएको परिवारका सदस्यले जनाएका छन्। अब्दुल भने वैदेशिक रोजगारीका क्रममा विदेशमा छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । अहिले मुचुल्का उठाउने काम भइरहेको एसपी शाहीले जनाए।


















