मेगा बैंकले कोभिड हस्पिटललाई ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने

79

काठमाडौं । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल सञ्चालनको तयारी भइरहेको अवस्थामा बैंकले सो रकम सहयोग गर्ने जनाएको छ । बैंकको अनुसार सय बेड क्षमताको हस्पिटलका लागि बैंकको तर्फबाट १० बेड सहयोग गर्ने सहमति भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here