नेपालमा स्पेनबाट स्वास्थ्य सामग्री आयाे

81

काठमाडौं । कोरोना महामारीविरुद्ध प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर युरोपेली मुलुक स्पेनबाट आएको चार्टड विमान काठमाडौं उत्रिएको छ ।

कोरोना महामारीमा उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको उक्त सामग्री स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बुझ्नुभएको छ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको स्पेनिस चार्टर्ड जहाजमा ल्याइएका सामग्री मन्त्री त्रिपाठीले विमानलस्थलमै पुगेर बुझ्नुभएको हो । सामग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीईलगायत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here