सुन तोलामा ४ सय रुपैयाँले बढ्याे

102

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । बिहीबार सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।

बुधबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको आज ४ सयले बढेर छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ७ सय रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । महासंघको अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर आज १३ सय ६० रुपैयाँ प्रतितोलामा खरिद बिक्रि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here