निषेधाज्ञामा आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन

68

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिएकाे छ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शनिबार गृह मन्त्रालयमा बसेको बैठकले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिइएको हाे।

सुरक्षा प्रमुखसहितको बैठकमा संसद विघटनपछि उत्पन्न परिस्थितीलाई मध्यनजरै हुनसक्ने आन्दोलनका गतिविधि कडाइका साथ रोक्न निर्देशन दिइएको गृहप्रवक्ता जनकराज दाहालले नेपाल लाइभलाई जानकारी दिए।

‘कोरोनाका कारण जारी गरिएको निषेधाज्ञा र पछिल्लो राजनीतिक घटना क्रमसँगै हुनसक्ने गतिविधिलाई मध्यनजर गर्दै कुनै पनि आन्दोलनका गतिविधि हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिइएको छ,’ उनले भने।

यता, सबै जिल्ला प्रशासन र सुरक्षा निकायले कडाइका साथ निषेधाज्ञा पालना गराउन पनि निर्देशन दिइएको छ।

बैठकमा प्रहरी महानरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गुप्तचर प्रमुख गणेश अधिकारीसहित उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here