एमालेको स्थायी कमिटीको बैठक हुने

133

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।

एक स्राेतका अनुसार उक्त बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनले गरेका कसरत बारे छलफल हुनेछ । त्यस्तै पार्टीको आन्तरिक विवादबारे पनि छलफल हुने जनाइएकाे छ ।

साथै माधव पक्षका ११ जनालाई सोधिएको स्पष्टीकरणको जवाफ नआएका कारण उनीहरुका बारेमा थप निर्णय हुन सक्ने अनुमान गरिएको छ । यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै आज बिहानसम्म जवाफ मागिएको थियो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मीकुमारी चौधरी, कलिला खातुन  निरा जैरु र कल्याणीकुमारी खड्कालाई  आज बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here