नेपालकाे महारानी

224

– प्रकाश कुमार साह
लाग्थ्यो तिमी सरस्वती हौं
ब्रम्हाको कोखबाट आएको
तिम्रो जीवन संर्घष हेर्दा
कता कता धेरै आचरण मागेको
तिमीसँग जोडी बिजोडी पो रहेछौं
दुखः का दिन होइन बिलाशिता जोडिएछौं

कहाँ(कहाँ बस्न दिए तिमी घात गर्दो रहेछौं
न शास्त्र न शास्त्र जीवन त सतही बुझेछौं
अन्यसँगै जीवनको अनुभव सातासाट होला
तिमी अर्कै कलिया पो परेछौं ।

गजव छ ! खेल तिम्रो दुई दुई चोटि कुर्सी बचायौं
तिमी त जेरीमा पो रसायौं ।
के भर तिम्रो पैतालिसको काटिसकेको
बुढेशकाल पो लागेको कि जवानी तिम्रो

अजब प्रेमको गजवको कहानी विचित्र छ
रेखांकन गर्न त निश्चत छ
तिम्रो विलासिता जीवन पर्यन्त छ
मैले बिराए तिमीलाई साँझको फूल सम्झे
तिमी मलाई खान नदिने परेवा पो रहेछौं
खुला चौर हैन, पिजडामा बस
मेरो मेहनतलाई जरोबाट उखेल्ने जड पो रहेछौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here