अव काेभिड १९ विरुद्धको तेस्रो डोज पनि आवश्यक

133

काठमाडौं । चिनियाँ अधिकारीले अत्यधिक जोखिममा रहेका समूहका व्यक्तिलाई लगाइएको खोपको प्रभावकारिता ६ महिनामा घट्ने बताउँदै तेस्रो डोज पनि लगाउन आवश्यक रहेको औंल्याएका छन्। चीनको सामाजिक सञ्जालमा ‘खोपको प्रभावकारिताको ६ महिना अवधि सकिएपछि के गर्ने’ भन्ने वाक्यांश सप्ताहान्तमा ट्रेन्डिङमा छ र शनिबार यता ८० लाखले यो ह्यासट्याग प्रयोग गरेका छन्। सर्वसाधारण नागरिकलाई जानकारी दिन र बहस सुरु गर्ने उद्देश्यले यो ह्यासट्याग चीनको सरकारी टेलिभिजन सिसिटिभीले सुरु गरेको थियो। यस अभियानलाई सरकारी समर्थन रहेको मानिएको छ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का प्रमुख जर्ज गाओले गत महिना चीनले निर्माण गरेका खोपको प्रभावकारिता ‘त्यति धेरै’ नभएको र यी खोपलाई थप सुधार गर्न आवश्यक रहेको बताएका थिए तर उनको भनाइ पछि सेन्सर गरिएको थियो। उनले खोपका विभिन्न ब्रान्डलाई मिसाएर अथवा थप डोज दिएर खोपको प्रभावकारिता बढाउने सोच चीन सरकारको रहेको बताएका थिए।

उनको भनाइ सार्वजनिक भएपछि चीनका सरकारी प्रमुख समाचार माध्यममा खोपको तेस्रो डोजको आवश्यकता सम्बन्धमा विभिन्न समाचार प्रकाशनमा आएका छन्। यसबाट बेइजिङले पनि खोपको थप डोजको आवश्यकतालाई स्वीकार गरेको देखिएको छ। तर खोपको तेस्रो डोज आवश्यक परेमा यसअघि नै आवश्यक मात्रामा खोप उत्पादन गर्न संघर्ष गरिरहेका चीनका खोप निर्माताका लािग निकै ठूलो चुनौती थपिनेछ।

चीनको सिनोफर्म कम्पनीले निर्माण गरेको खोप धेरै मात्रामा प्रयोग गरेको संयुक्त अरब इमिरेट्सले गत साता खोपको दुवै डोज लगाएका नागरिकलाई तेस्रो डोज पनि लगाइने घोषणा गरेको थियो। पछिल्ला साता अमेरिकाका जनस्वास्थ्य विज्ञले पनि फाइजर र मोर्डना खोप लगाएकाले एक वर्षमा खोपको बुस्टर डोज लगाउनुपर्ने बताउँदै आएका छन्। चीनको सिडिसीमा कार्यरत इम्युनोलोजिस्ट साओ यिमिङले खोपले ६ महिनापछि प्रभावकारिता गुमाउने चीनको सरकारी समाचार माध्यम सिन्ह्वालाई गत बिहीबार बताएका थिए।‘

अत्यधिक जोखिम समूहमा रहेका मानिसमा हुने खोपको प्रभावकारिताको ह्रासलाई हामीले ट्र्याक गर्न जरुरी छ र उनीहरूलाई समयमै बुस्टर डोज दिनुपर्छ,’ उनले भनेका थिए। चीनका २ प्रमुख खोप निर्माता कम्पनी सिनोफर्म र क्यानसिनोले पनि खोपको दीर्घकालीन प्रभावकारिताका लागि बुस्टर डोज आवश्यक पर्ने जनाएका छन्। सिनोभ्याकका अध्यक्षले गत मार्चमा भाइरसका नयाँ भेरियन्टलाई पनि ध्यान दिई खोपमा सुधार गर्न कम्पनीले गृहकार्य गरिरहेको बताएका थिए। वासिङ्टन पोस्टबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here