लेनिन र नया“ प्रकारको सर्वहारावर्गीय पार्टी

82

– हुकुमबहादुर सिंह

जब लेनिन निर्वासनबाट आए, उनका लागि अति जरूरी र जल्दोबल्दो कार्य क्रान्तिकारी सर्वहारा पार्टीको निर्माण गर्नु थियो । द रसियन सामाजिक प्रजातान्त्रिक लेबर पार्टी(आरएसडिएलपी)को सन् १८९८मा गरिएको कांग्रेसव्दारा औपचारिक रूपले स्थापना गरिएको थियो, जसमा केबल ९ जना प्रतिनिधिहरू थिए । तै पनि कांग्रेसले निर्वाचित गरेको केन्द्रीय समिति धेरै छिटो गिरफ्तार गरियो । यद्धपि पार्टीको झण्डा बनाउने काम भयो । यो कांग्रेसले घोषणा गरेको थियो कि यसले सबै समूहहरूलाई एकतावद्ध गर्ने छ तर वास्तवमा त्यसो गर्न असफल भयो र यसरी एउटा पार्टी संगठनात्मक संरचना निर्माण गर्न सकेन् । यसरी सन् १९००का लागि यो कार्य बाकी रहयो ।

           जब लेनिन निर्वासनमा थिए, त्यसैवेलामा  पार्टी निर्माणको लागि योजनालाई एउटा विस्तृत खाका बनाइएको थियो । यसका लागि लेनिनले यी सबै कामका निम्ति अखिल रसियन राजनीतिक समाचार पत्रको स्थापनाको आवश्यकता महसुस गरेका थिए । यसका लागि लेनिनले प्रस्ताव राखेका थिए कि राजनैतिक रूपले र संगठनात्मक रूपको एउटा मात्रै मार्ग,  जसले छरिएर रहेका माक्र्सवादी अध्ययन सर्कलहरू, समूहहरू र संगठनहरूलाई एकतावद्ध गर्न एउटा राजनीतिक समाचारपत्रमार्फत सम्भव छ । यो समाचारपत्रले तत्कालै सबै अवसरवादी भड्कावहरूका विरूद्ध लड्दै र सही लाइनलाई प्रस्तुत गरेर रसियाभरका सबै विभिन्न सेलहरूलाई एक आपसमा राजनीतिक सम्वन्ध स्थापित गर्न सक्षम हुने छ ।

त्यसैगरी एउटा अवैधानिक पत्रिकालाई गोप्य तरिकाले संचालन गर्दा त्यसको भूमिगत तरिकाले गरिने कठिन कार्यले दुईवटा महत्वपूर्ण पक्षहरुलाई मद्त पुग्ने छ पहिलो रसियन गुप्तचर पुलिसको दमन सामना गर्नमा व्यवहारिक कामबाट प्रशिक्षित बन्न र दोस्रो आफै एउटा भूमिगत संगठन निर्माण गर्न सक्षम हुने छ ।

लेनिनले पार्टी कंग्रेसको आव्हान गर्नुभन्दा अगाडि नै यो कार्यक्रमलाई पहिलो बनाउन चाहन्थे किनभने संशोधनवादी र अवसरवादी प्रवृतिहरू जसले आउने वर्षहरूमा भएका आन्दोलनहरूमा उनीहरूका टाउकाहरू उठाइसकेका थिए तिनलाई पराजित गर्नु लेनिनका लागि पहिलो आवश्यकता थियो ।

       लेनिनले प्रथम रसियाका विभिन्न शहरहरूमा रहेका संघर्षका लिगहरूद्धारा र समाजवादी लोकतान्त्रिकहरूको कन्फरेन्स जसमा उनले यो योजनालाई बहसका लागि लैजाने व्यवस्था गरेका थिए, त्यसमा बहसगरेर स्विकृत गर्नु थियो । यो योजनामा उनका प्रमुख सहयोगीहरू सेन्ट पिटसवर्गको केन्द्रीय समूहका सदस्यहरू मार्तोभ र पोट्रेसोभ जसलाई गिरफ्तार गरेर साइवेरियामा सोही समयमा जुन समयमा लेनिन त्यहा“ थिए पठाइएको थियो । योजनाअनुसार पत्रिकालाई देशबाहिरबाट प्रकाशित गर्ने थियो, किनभने रसियाभित्रबाट यसलाई प्रकाशित गर्ने काम ज्यादै कठिन थियो ।  लेनिनले यो अभिप्रायका लागि प्लेखानोवको लेवर समूहको मुक्ति जो पहिले देखि नै देशबाहिर अस्तित्वमा थियो, सित एकतागर्ने योजना पनि थियो । सम्पादकीय बोर्ड सदस्यहरूमा ६जना सदस्यहरू थिए जसमा तीन जना बाहिरी लेवर समूहको मुक्तिबाट र तीन जना रसियाबाट जसमा लेनिन, मार्तोव र पोट्रेसोव थिए । सबै व्यवस्थापनहरू गरिसकेपछि पत्रिकाको पहिलो अंक डिसेम्वर १९००मा बाहिर आयो ।

              यो पहिलो पत्रिकालाई इष्क्रा, जसको अर्थे झिल्को  भनियो । यसको शिर्षक पेजमा १८२५को पहिलो रसियन पु“जीवादी क्रान्तिकारहिरूका शब्दहरू–झिल्कोले एउटा ज्वाला बाल्ने छ भन्नेलाई राखियो । इष्क्रालाई विभिन्न समयमा विभिन्न देशहरू–जर्मनी, इगलैण्ड र स्टिजरलैण्डमा छाप्ने काम भयो । यसलाई सिधै रसियामा कहिल्यै पठाइएन् बरू जवसम्म रसियाभित्र रहेको गोप्य इष्क्रा समितिमा तिनीहरू पुग्ने हु“दैनन्थे यसलाई एकदमै घुमाउरो बाटोहरू हु“दै पठाउने गरियो ।  वितरकहरूका लागि गुप्त पुलिसलाई छल्नु एउटा एकदमै कठिन काम थियो र यदि इष्क्राका गुप्तरूपले निकाशी पैठारी गर्नेहरू समातिए भने तिनीहरूलाई सिधै साइवेरियाको निर्वासनमा पठाइन्थ्यो । इष्क्रा  मजदुर वगर्को प्रशिक्षण गर्नका लागि एउटा प्रमुख औजार थियो किनभने पत्रिकामा प्रकाशित लेखहरू पढेर विभिन्न अध्ययन सर्कलहरूमा लेकचर सहित कक्षा लिने गरिन्थ्यो । इष्क्रा एजेण्टहरूले गोप्य इष्क्रा लिफलेटसका रूपमा पनि वितरण गर्ने प्रत्येक अवसरहरूको उपयोग गर्ने गर्दथे । तिनीहरूलाई केबल कारखानाहरूमा मात्रै वितरण गरिएन बरू गल्लीहरू, नाचघरहरू, फौजी व्यारेकहरू र हुलाकहरूमार्फत पनि वितरण गरिए । ठूला शहरहरूमा तिनीहरूलाई गल्लीहरूमा छरिए अथवा बाल्कोनीबाट तल नाचघरहरूमा छरिए । स्थानीय स्तरमा तिनीहरूलाई राती अवेरा  र विहानै कारखानाका चोकचोकहरू र पानी थाप्ने ठाउ“हरूमा  जहा“ तिनलाई मानिसले विहानै देख्न सक्दथे, राखियो । प्रत्येक यस्ता अपरेशनपछि जसलाई बिज छर्ने(कयधष्लन) भन्ने गरिन्थ्यो, एउटा निस्चित चिन्ह नजिकका पर्खालमा लगाउने गरिन्थ्यो ताकि रातीको कामको असर, प्रभावको पुरा प्रतिवेदन विहानमा पाउन सकिन्थ्यो । स–साना नगरहरू र गाउ“हरूमा, इष्क्रा पर्चाहरूलाई बजारका दिनहरूमा किसानका हलोहरू र पर्खालहरूमा टा“सिएको हुन्थे । यो सबै खतरापूर्ण काम थियो किनभने पत्ता लाग्दा वित्तिकै गिरफ्तार र साइवेरियाका लागि निर्वाशनको सम्भावना थियो । यो काममा संलग्न कमरेडहरूले सुस्त–सुस्त लेनिनको सर्वहारा पार्टी निर्माणको योजना मुताविक त्यसको आधारमा प्रोफेशनल क्रान्तिकारीहरूको टिम निर्माण गर्न सुरू गरे ।

          पार्टीको संरचना र वनावटलाई, लेनिनले विचार गरे कि यसका दुई भागहरूः एउटा नेतृत्वदायी पार्टि कार्यकर्ताहरूको नियमित क्याडरहरूको एउटा नजिकको सर्कल । खासत प्रोफेशनल क्रान्तिकारीहरू, त्यो भनेको, पार्टी काम देखि वाहेक अन्य सबै पेशाहरूबाट स्वतन्त्र र कम्तिमा पनि न्यूनतम सैद्धान्तिक ज्ञान भएका, राजनीतिक अनुभव भएका, संगठनात्मक व्यावहार भएका र जारशाही पुलिससित लडने र सामना गर्ने कला भएका पार्टी कार्यकर्ताहरू । दोस्रो स्थानीय पार्टी संगठनहरूको एउटा चौतर्फि सञ्जाल भएको र मजदुर जनताको सयौ–हजारौको समर्थन भएको । जब यस्तो पार्टी निर्माणको प्रक्रिया इष्क्राको मद्तमार्फत अगाडि बढिरहेको थियो, लेनिनले उनका लेखहरू र किताबहरूमार्फत यो प्रक्रियालाई दिशा निर्देसन गर्ने काम गरे ।  खासगरी महत्वपूर्ण दस्तावेज– कहा“बाट सुरू गर्ने ? के गर्ने ? र संगठनात्मक प्रश्नहरूमाथि कमरेडलाई चीठी आदि थिए । यी कामहरूमा उनले सर्वहाराको वैचारिक र संगठनात्मक आधार बसाल्ने काम गरे ।

          संगठनात्मक प्रश्नहरू बाहेक लेनिले गरेको एउटा अर्को प्रमुख लडाई अर्थशास्त्रीहरू, जसले मजदुरहरूको आर्थिक संघर्षलाई मात्रै काम गर्ने सामाजिक प्रजातान्त्रिक पार्टीका रुपमा बन्देज गर्न चाहन्थे, तिनका  विरूद्ध थियो । तिनीहरूको शक्ति रसियामा लेनिनको निर्वासनको दौरानमा बढेको थियो र लेनिनले महसुस गरेका थिए कि पार्टी कंग्रेस सुरूभन्दा पहिले अर्थवादलाई वैचारिक रूपले पराजित गरिनु पर्दछ । उनले तिनीहरूमाथि सिधै आक्रमण सुरू गरे खासगरी उनको के गरिनु पर्दछ ? भन्ने महत्वपूर्ण किताब मार्फत । लेनिनले पर्दाफास गरे कि कसरी अर्थशास्त्रीहरूका विचारहरूको अर्थ मजदुर वर्गका निरन्तरतालाई  नमस्कार गर्ने गर्दछन् र पार्टीको नेतृत्वदायी भूमिका र सचेतताको भूमिकालाई इन्कार गर्ने गर्दछन् । उनले देखाए कि कसरी पु“जीवादलाई मजदुर वर्गको दासता तर्फ यसले लैजाने गर्दछ । जब माक्र्सवाद प्रशिक्षीत गरिरहदा, अर्थशास्त्रिहरूले सामाजिक सुधारको एउटा पार्टीभित्र क्रान्तिकारी पार्टीलाई बदल्न चाहन्थे । लेनिनले यसरी देखाए कि कसरी अर्थशास्त्रिहरू बर्नस्टिन शंसोधनवादका अवसरवादी प्रवृतिका रसियन प्रतिनिधि थिए । लेनिनको किताब, रसियामा व्यापक वितरण गरिएको थियो, अर्थवादलाई कडारूपले पराजित गर्न सफल भयो । यसले यसप्रकार सिद्धान्तहरूलाई स्थापित ग¥यो जुन पछि गएर बोल्सेविक पार्टीको वैचारिक जग बन्यो ।

       रसियन समाजवादी प्रजातान्त्रिक मजदुर दल(आरएसडिएलपी) भित्र बेल्सेविक प्रवृितको वास्तविक जन्म जुलाई–अगस्त १९०३मा भएको दोस्रो पार्टी कंग्रेसमा भयो । कग्रेसमा प्रमुख बहस पार्टीको प्रकृति कस्तो हुनु पर्दछ र यसरी पार्टीमा कसलाई सदस्यता दिइनु पर्दछ भन्ने सम्वन्धमा थियो । लेनिन जसले दिमागमा एउटा कसिलो,प्रभावकारी  प्रोफेशनल क्रान्तिकारी आधारित पार्टीको प्रस्ताव राखेका थिए ताकि सबै सदस्यहरूले पार्टी संगठनहरूको कुनै एकमा काम गर्नु पर्दछ । मार्तोभले, अर्कोतीर, उसको मोडल खुकुलो काम गर्ने कानुनी पार्टीहरू, जुन त्यो समयमा दोस्रो अन्तराष्ट्रियमा सामान्य भएको थियो । उसले यसरी सदस्यका लागि खुकुलो क्राइटेरिया प्रस्ताव ग¥यो, जसले कुनै पनि व्यक्ति पार्टी कार्यक्रम स्विकार ग¥यो र आर्थिक रूपले सहयोग ग¥यो भने पार्टी सदस्यका लागि योग्य हुन्थ्यो । उ यसरी कुनै पनि पार्टी शुभेच्छुकलाई पार्टी सदस्यता दिनलाई तयार थियो । यो प्वाइन्टमाथिको भोटमा बहुमत मार्तोभसित थिए । यद्धपि पछि जब केही अवसरवादी पक्षहरूले कंग्रेस बहिष्कार गदै कंग्रेसाट बाहिरीए बहुमत लेनिनको पक्षमा आयो । यो केन्द्रीय समितिको निर्वाचनहरूमा परावर्तित भयो र इष्क्राको सम्पादक मण्डलमा, जुन लेनिनको प्रस्ताव अनुसार गयो । दुई समूहहरू बीचको फरक यद्धपि बलियो रहयो र कंग्रेसपछि समेत निरन्तर रहयो । त्यससमय देखि लेनिनका अनुयायीहरू, जसले कंग्रेसमा निर्वाचनहरूमा भोटहरूको बहुमत प्राप्त ग¥यो , बोल्सेविकहरू(जसको अर्थ रसियन भाषामा बहुमत हो) भन्न थालियो । लेनिनका विरोधीहरू, जसले भोटहरूको अल्पमत प्राप्त गरे, मेन्सेविकहरू( जसको अर्थ रसियन भाषामा अल्पमत हो) भए ।

      कंग्रेसपछि लगत्तै मेन्सेविकहरूले तोडमरोडहरू र विभाजनका कृयाकलापहरू सुरू गरे । यसले प्रसस्त भ्रमहरू सृजना ग¥यो । भ्रमहरूलाई स्पष्ट पार्नका लागि, लेनिनले, मे १९०४मा उनको प्रशिद्ध किताब, एक पाइला अगाडि, दुई पाइला पछाडि प्रकाशित गरे । यसले दुवै कंग्रेसको दौरान र कंग्रेसपछि अन्तर–पार्टी संघर्षको एउटा विस्तृत विश्लेषण दियो र त्यो आधारमा सर्वहारा पार्टीको प्रमुख संगठनात्मक सिद्धान्तहरू, जुन पछि बोल्सेविक पार्टीको संगठनात्मक जगहरू बन्यो । यो किताबको सर्कुलेसनले पार्टीको स्थानीय संगठनहरूको बहुमत बोल्सेविकहरूको पक्षमा ल्यायो । यद्धपि केन्द्रीय संस्थाहरू, पार्टीको मुखपत्र र केन्द्रीय समिति मेन्सेविकहरूको हातमा गयो जो कंग्रेसका निर्णयहरूलाई हराउन ह्दयदेखिनै प्रतिवद्ध थिए । बोल्सेविकहरूलाई यसरी उनीहरूको आफ्नै समिति गठन गर्न र उनीहरूको आफ्नै मुखपत्रका लागि वाध्य पारियो । दुवै समूहहरूले उनीहरूका आफ्ना कंग्रेस र कन्फरेन्स आयोजनाका लागि वेग्ला वग्लै तैयारीहरू गर्न सुरू गरे । यी १९०५मा आयोजना गरिए । पार्टीमा विभाजन पुरा भयो । जगहरू यद्धपि सांचो क्रान्तिकारी पार्टी–एउटा नया“ प्रकारको सर्वहारा पार्टीको निर्माणका लागि बसाली सकिएको थियो ।

यसरी लेनिन र नया“ प्रकारको सर्वहारावर्गीय पार्टीको जग बसाउन लेनिनको महत्वपूर्ण योगदान भनिन्छ र अन्तरराष्ट्रिय कम्युनिस्ट आन्लोलनमा अहिले पनि लेनिनवादी संगठनात्मक पद्धति वा सिद्धान्त नामले प्रशिद्ध छ ।-जनधारणा साप्ताहिकबाट

 [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here