अमेरिकी सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई पक्राउ

177

काठमाडौं/अमेरिकाको भर्जिनिया राज्यको स्प्रिंगफिल्ड शहरमा सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई जनालाई पक्राउ गरिएको छ। उनीहरु सहकर्मी भएको र उनीहरूका नातेदार भएको प्रहरीले बताएका छन्। उनीहरूलाई हत्यासहित ८ वटा अपराधको अभियोग लाग्ने छ।

मृतकहरुमा ५५ बर्षिय एडवार्ड म्याकडेनीएल जुनियर तथा ६३ बर्षिय ब्रेन्डा म्याकडेनिएल भएको प्रहरीले जनाएको छन्।  उनीहरुलाई गोली हान्ने फोर्ट वाशिंगटन मेरिल्याण्डका १९ वर्षीय डि एञ्जेलो स्ट्राण्ड र २० वर्षीय रोनी मार्शललाई बिहिबार मे २७ का दिन पक्राउ गरिएको छ।

मृतक दुवै जना अमेरिकी सेनाका कार्यरत चिकित्सकहरू थिए भने एडवार्ड अझ पनि सक्रिय रुपमा सेनामा सेवारत थिए। उक्त घटना गत मे २६ का दिन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here