स्वास्थ्य सामग्री ओसार पसार गर्न तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला

91

काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । खासगरी स्वास्थ्य सामग्रीको ओसार पसारलाई लक्षित गरी उडान खुला गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले कतार, चीन र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको हो । कति गतेदेखि उडान खोल्ने भन्नेबारे निर्णय गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

“कोभिडसँग सम्बन्धित अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउनुपर्ने भएर हाल तीन देशका लागि उडान खुला गर्ने निर्णय भएको हो” उहाँले भन्नुभयो, “उडान हुने भएपछि त्यस देशका नागरिक स्वास्थ्य मापदण्ड पूरा गरेर ओहोर दोहोर गर्न सक्ने त हुने नै भयो ।”

गत वैशाख १६ गतेदेखि कोभिडका कारण निषेधाज्ञा जारी भएपछि सरकारले २० गतेदेखि आन्तरिक र २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । यसबीचमा पनि अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउने काममा भने केही उडान भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here