नेपाल भारत मैत्री बस सेवा अनिश्चितकालका लागी बन्द

702

कञ्चनपुर । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि महेन्द्रनगरबाट भारतका विभिन्न शहरमा संचालन हुंदै आएका मैत्री बससेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि अनिश्चितकालका लागि नेपाल–भारत मैत्री बस सेवा बन्द गरेको हो ।
यसअघि स्थानीय जनप्रतिधि, आमनागरिकले उक्त बससेवाबाट कोरोनाको संक्रमण भित्रिन सक्ने भन्दै तत्काल रोक लगाउन माग गरेका थिए । महेन्द्रनगरबाट भारतका लागि दैनिक सात वटा मैत्री बसहरु सञ्चालनमा हुंदै आएका थिए । उता, भारतले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज बाहेकका सबै नाका बन्द गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here